Logo

जर्मनीले गर्यो ३ अर्ब २० करोड अनुदान सहयोग, स्वास्थ्य क्षेत्रमा खर्च गरिने

जर्मनीले गर्यो ३ अर्ब २० करोड अनुदान सहयोग, स्वास्थ्य क्षेत्रमा खर्च गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२३ असार, काठमाडौं । जर्मनीले नेपाललाई ३ अर्व २० करोड रुपैयाँ अनुदान सहयोग दिने भएको छ । ग्रामीण क्षेत्रमा दिगो आथिर्क विकास, राष्ट्रिय स्वास्थ्य क्षेत्र कार्यक्रम तथा दुर्गम क्षेत्रमा मातृ तथा शिशु स्याहार सुधार आयोजना कार्यान्वयन गर्न सो रकम दिने सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अनुदान सहयोग सम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयका अर्थ सचिव सुमनप्रसाद शर्मा र नेपालका लागि जर्मनीका राजदूत माथियस मायरले हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा राजदूत मायरले नेपाललाई राजनीतिक साथै आथिर्क विकासका काममा पनि निरन्तर सघाउने प्रतिबदद्धता व्यक्त गरेका थिए । साथै, उनले सकारात्मक सोचका साथ अधि बढ्न समेत आग्रह गरेका थिए ।

अर्थसचिव शर्माले नेपालको सामाजिक–आथिर्क विकासमा जर्मन सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै नयाँ संविधान प्राप्तिसँगै नेपालको आथिर्क विकासका गतिविधि बढ्ने वातावरण बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL