Logo

सुन मूल्य घट्यो, प्रतितोला ७४ हजार ८०० मा कारोबार हुँदैं

सुन मूल्य घट्यो, प्रतितोला ७४ हजार ८०० मा कारोबार हुँदैं



काठमाडौं । आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको चौथो दिन आज सुनको मूल्य प्रतितोला रु ५०० ले घटेको हो ।

आज छापावाला सुन प्रतितोला रु ७४ हजार ८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि मंगलबार छापावाला सुन प्रतितोला ७५ हजार ३०० मा कारोबार भएको थियो। महासंघका अनुसार तेजावी सुनको मूल्य आज ७४ हजार ५०० रुपैयाँ कायम गरिएको छ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलाको रु १५ ले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL