Logo

१५३ जनालाई असईमा रोजगारी खुल्यो, प्लस टु उत्र्तिणले आवेदन दिन सक्ने

१५३ जनालाई असईमा रोजगारी खुल्यो, प्लस टु उत्र्तिणले आवेदन दिन सक्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२३ असार, काठमाडौं । नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई)का लागि आवेदन माग गरेको छ । उसले कुल १ सय ५३ जनाका लागि आवेदन माग गरेको हो ।

उक्त पदका लागि आवेदन दिनका लागि प्लस टु उत्र्तिण गरेको हुनुपर्ने छ । साथै १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको हुनुपर्ने नेपाल प्रहरीद्वारा प्रकाशित सुचनामा उल्लेख छ । तर, वाहालवाला प्रहरीले भने ३० वर्ष सम्मकाले फारम भर्न सक्नेछन् ।

प्रहरीले खुला तर्फ सवैभन्दा बढी ८३ जना माग गरेको छ । यसैगरी आदीवासी जनजातीतर्फ १८ जना, मधेसी १९ जना, महिला १४ जना, दलित १० जना, पिलडिएका क्षेत्रको ४ जना र अशक्त प्रहरी परिवारका ३ जना माग गरेको छ ।

उक्त पदमा साउन १ गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त पदका लागि फारम भर्दा ३ सय रुपैयाँलाग्ने छ भने थप समुहका लागि प्रति समुहको ६० रुपैयाँ लाग्ने छ ।

हेर्नुहोस पूर्ण सुचना ।

nepal-police

 

प्रतिक्रिया दिनुहोस्
MBL