Logo

एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका आठै जना भारतीयको मृत्यु, पहिचान खुल्न बाँकी

एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका आठै जना भारतीयको मृत्यु, पहिचान खुल्न बाँकी



काठमाडौं । बेहोस अवस्थामा भेटिएका ८ जना भारतीय नागरिकको मृत्यु भएको छ । मकवानपुरको थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बुधबार बिहान भारतीय पर्यटक बेहोस भेटिएका थिए ।

हेलिकप्टरबाट उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल पुर्याइएको उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक ललनकुमार कुर्मीले बताए ।

विवरण संकलन भइरहेकाले मृतकको पहिचान खुल्न बाँकी रहेको उनले जानकारी दिए । रिर्सोटमा बास बस्न आएका १५ जना भारतीय नागरिक मध्ये ८ जना सुतेकै स्थानमा बेहोस भेटिएका थिए ।

राती सुत्ने समयमा जाडो अत्याधिक भएपछि हिटर बालेर सुतेको र बिहान वहोस अवस्था भेटिएको जनाइएको छ । भेन्टिलेसन नभएको कोठामा हिटर बालेर सुतेकाले घटना भएको हुन सक्ने प्रहरी निरीक्षक कुर्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL