Logo

चाउचाउमा अतिरिक्त कर लगाउन माग, पोखरेल भन्छन् चाउचाउले कुपोषण बढाएको छ

चाउचाउमा अतिरिक्त कर लगाउन माग, पोखरेल भन्छन् चाउचाउले कुपोषण बढाएको छ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२२ असार, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले कर्णाली अञ्चलमा चाउचाउलगायत जङ्क फुडमा अतिरित्त कर लगाउन आग्रह गरेका छन् । राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा सचिवालयले सोमवार राजधानिमा आयोजना गरेको कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन् ।

‘जिल्ला विकास समितिमार्फत अतिरिक्त कर लगाइदिए हुन्छ,’ उनले भने, ‘पोषणरहित त्यस्ता उत्पादनको ब्यापारले कर्णालीलाई थप परनिर्भर बनाउँदै लगेको छ ।’

पोखरेलले काठमाडौंमा नामै नसुनेका ‘नन ब्राण्डेड’ चाउचाउ र विस्कुटको व्यापार मौलाएका कारण कर्णालीलाई गरिबीबाट कहिल्यै माथि उठ्न नसक्ने गरी थलापार्दै लगेको बताए । ‘आयातित वस्तुको उपभोगमा केन्द्रित भएपछि त्यस क्षेत्रमा उत्पादनतर्फ मानिसहरुको ध्यानै जान छोडेको छ,’ उनले थपे ।

त्यस्ता तयारी खाजामा पोषणको मात्रा निकै कम हुने र त्यसले मानिसहरुलाई कुपोषणको सिकार बनाउँदै लगेको पोखरेलले बताए । उनले कोदो, मकैजस्ता पोषणयुक्त स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्ने खालका परियोजना सञ्चालन गर्न विकास साझेदारहरुलाई आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL