Logo

भन्सार कार्यालय नखुल्दा राजस्व संकलनमा गिरावट, लाली र तिगरममा खुलेनन कार्यालय

भन्सार कार्यालय नखुल्दा राजस्व संकलनमा गिरावट, लाली र तिगरममा खुलेनन कार्यालय



काठमाडौं । छोटी भन्सार कार्यालय दार्चुलामा आयात कमहुँदा राजश्व सङ्कलनमा असर परेको छ । नेपालतिर सडकमार्गको पहुँच विस्तारसँगै भारतबाट समान कम आयात हुँदा राजश्वमा ह्रास आएको हो ।

भारतले व्यापारका लागि वस्तु तथा सेवा शुल्क (जिएसटी) लागू गरेपछि सामान आयात घटेको बताइन्छ । छोटी भन्सार कार्यालय दार्चुलाका अनुसार चालू आर्थिक वर्षको छ महिनामा र ९ लाख ४८ हजार ६ सय १३ रुपैयाँ राजश्व सङ्कलन भएको छ । यो अघिल्लो आव २०७५/७६ को भन्दा ५ लाख १० हजार ९ सय १२ रुपैयाँले कम हो ।

जिल्लाको एक मात्रै छोटी भन्सार कार्यालयको रूपमा खलङ्गा रहेको छ । यहाँको मूल भन्सार कार्यालय अहिले पनि बैतडीको झुलाघाट रहेको छ । दार्चुलाको जौलजीवि, दत्तु र सीतापुल भन्सार कार्यालय द्वन्द्वकालीन समयदेखि बन्द छन् । सीमा जोडिएका लाली र तिगरममा भन्सार कार्यालय स्थापना भएको छैन ।

भन्सार कार्यालय दार्चुलाका कर्मचारी मोहन डोबालले भने, ‘अहिले भारतबाट जुत्ता/चप्पल चिनी मात्रै आउँछ, अन्य दैनिक उपभोग्य सामानमा खासै भन्सार लगाइएको छैन्व्या ।’ पारिकरूपमा आउने सामानको मात्रै भन्सार लगाइँदा राजश्व कम सङ्कलन भएको हो ।

विगतमा भारतबाट लत्ताकपडा, सिमेन्ट, जस्ता पातालगायतका निर्माण सामग्री आउँदा राजश्व बढी देखिन्थ्यो, तर अहिले सबै सामान नेपालतिरबाटै आउने गरेको उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL