काठमाडौं । नुवाकोटस्थित तारकेस्वर नगरपालिकास्थित तारुकामा बुधबार बिहानैदेखि चहलपहल ठूलै थियो । विसं १८८७ साल बझाङी राजाको पालादेखि मनाउँदै आएको गोरु जुधाई कार्यक्रम हरेक वर्ष झैं यस बर्ष पनि भव्य रुपमा सम्पन्न पार्न स्थानीय बासी, किसान लगायत सरोकारवालाहरु तम्तयार थिए ।
नुवाकोटको तारुकामा मात्रै नभएर बेत्रावतीलगायत धादिङमा समेत बुधबार धेरै हल गोरु जुधाईयो । खासगरी नुवाकोटको तारुकामा २१ हल गोरु जुधाईएको छ ।
गोरुहरुका खानपानका लागि स्थानीय सरकारले नै बजेट छुट्याउने गरेको स्थानीय कृषकहरुको भनाई छ ।