Logo

खाद्यवस्तुको आयात निर्यात गर्न प्रमाणीकरण अनिवार्य

खाद्यवस्तुको आयात निर्यात गर्न प्रमाणीकरण अनिवार्य


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

असार २०, काठमाडौँ । भुकम्प पीडितलाई वितरण गर्न ल्याइएको चामल, दाल लगायत खाद्यान्न गुणस्तरहिन भेटिएपछि सरकारले खाद्यवस्तुको आयात निर्यातमा गुण प्रमाणिकरण गर्नुपर्ने व्यवस्था गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘क्वारेण्टाइन प्रयोगशालाबाट गुण प्रमाणिकरण गराएर मात्रै खाद्यान्न आयात निर्यात गर्न’ सार्वजनिक सूचना जारी गरेको छ ।

भुकम्पपीडितलाई राहत दिन भन्दै बिनाजाँच भित्र्याइएका चामल, तेल, दाल र चाउचाउ लगायतका तयारी खाजा गुणस्तरहिन पाइएको थियो । त्यसमा पनि विश्व खाद्य कार्यक्रम र अन्तरराष्ट्रिय रेडक्रसले वितरण गरेको चामल कुहिएको पाइएपछि व्यापक आलोचना भएको थियो । यो विषयलाई लिएर एकजना राष्ट्रसंघीय अधिकारीले नेपाली मिडियाको आलोचना गरेपछि कुटनीतिक क्षेत्रमा पनि बहस सृजना गराएको छ ।

सरकारले खाद्यान्नको जाँच नगरी जथाभावि आयात गर्न दिएको र नेपाललाई ‘डम्पिङ साइड’ बनाउन खोजेको भन्दै व्यवस्थापिका संसद र त्यसअन्तरगतका विषयगत समितिहरुमा कुरा उठेपछि संसदले सरकारसँग स्पस्टिकरण समेत मागेको थियो ।

संसदीय समितिले खाद्यान्न आयातमा गुणस्तरको विषयलाई कडाइसाथ लागू गर्न निर्देशन दिए पछि विभागले यस्तो सूचना आह्वान गरेको हो । विभागले खाद्य पदार्थ र प्रशोधित पानीको आयात निर्यातमा गुण प्रमाणिकरण गराउनुपर्ने बताएको छ ।khadya

प्रतिक्रिया दिनुहोस्
MBL