Logo

इक्यानको अध्यक्षमा सर्वसम्मतसहित पाण्डेको दोस्रो पटक इन्ट्री, महासचिवमा भुसाल

इक्यानको अध्यक्षमा सर्वसम्मतसहित पाण्डेको दोस्रो पटक इन्ट्री, महासचिवमा भुसाल



काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छन्। आइतबार सम्पन्न १४औँ साधरणसभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो। पाण्डेको अध्यक्षतामा सभाले १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

पाण्डे दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन । उनी यस अघि २०७२ फागुनदेखि २०७४ चैतसम्म अध्यक्ष पदमा रहेर काम गरिसकेका छन । वर्तमान कार्यसमितीको कार्यकाल भने वैशाख सम्म रहेको छ । महासचिवमा दीपकराज भुसाल चयन भएका छन, भुसाल हालको कार्यसमिती सदस्य समेत हुन् । त्यस्तै उपाध्यक्षमा देवीदास भट्टराई, शेषराज भट्टराई र कृष्णहरि केसी चयन भएका छन्। सचिवमा बासुदेव दाहाल र बालकृष्ण (बीके) श्रेष्ठ रहेका छन ।

यस्तै, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सहकोषाध्यक्षमा कर्णबहादुर गुरुङ निर्वाचित भएका छन । सदस्यहरुमा सुष्मा आचार्य, आशिक कार्की, रत्न भट्टराई, नवराज भट्टराई, पुष्पराज भट्टराई, विकल्पराज पोखरेल, आर्यन उप्रेती, भवनाथ हुमागाईँ, सुवास गौतम र शिवप्रसाद त्रिपाठी निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्