Logo

यती समुहको निर्माणाधिन भवन रोक्न अदालतको आदेश

यती समुहको निर्माणाधिन भवन रोक्न अदालतको आदेश



काठमाडौं । उच्च अदालत पाटनले नेपाल ट्रष्टको दरवारमार्गको जग्गामा निर्माणाधिन यती समुहको भवन रोक्न आदेश दिएको छ । नेपाल ट्रष्टले यती समुहसँग गरेको सम्झौता त्रुटीपुर्ण रहेको भन्दै अदालतले शुक्रबार भवन निर्माण रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले दुवै पक्षले गरेको सम्झौता खरिद ऐन नियमावलीलाई प्रतिकुल असर पार्ने देखिएपछि उक्त आदेश जारी गरेको हो । माघ १ मा उक्त दुवै पक्षलाई अदालतले छलफलका लागि बोलाएको छ । उच्च अदालत पाटनका न्यायाधीश नहकुल सुवेदीको एकल ईजलासले निर्माण रोक्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL