Logo

महाकाली यातायात पनि अनलाईन टिकेटिङमा, सुदुरपश्चिम जाने बसको टिकट अनलाईनबाटै

महाकाली यातायात पनि अनलाईन टिकेटिङमा, सुदुरपश्चिम जाने बसको टिकट अनलाईनबाटै



काठमाडौं । महाकाली यातायातले अनलाईन टिकट बुकिङ सेवा सुरु गरेको छ । महाकाली यातायात बहुउदेश्यीय कम्पनीमार्फत सञ्चालिन महाकाली यातायातले यात्रुहरूलाई टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उदेश्यले अनलाइन टिकटिङ सुरू गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले नेपालमा अनलाइन बस टिकटिङको सेवा दिँदै आएको बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकटिङ सुरू गरेको हो । योसँगै अबदेखि महाकाली यातायातबाट काठमाडौ महेन्द्रनगर, महेन्द्रनगरदेखि बुटवल, तथा महेन्द्रनगरदेखि पोखरा चल्ने एसी तथा डिलक्स् बसको टिकट अनलाइनबाट काट्न सकिनेछ ।

यात्रुहरूले बससेवा डटकम, इसेवा डटकम डट एनपी, बससेवाको मोबाईल एप्लीकेशन मार्फत अनलाइन टिकट काट्न सकिने कम्पनीका अध्यक्ष डम्बरराज पन्तले जानकारी दिएका छन । नजिकको इसेवा जोन पोइन्टलगायत साइबर, कम्युनिकेशन, आइएमई पे, मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङमार्फत समेत टिकट काट्न सकिने पन्तले बताए ।

कम्पनीले आफ्ना ६ सय सवारी साधनमार्फत नेपालका विभिन्न गन्तव्यहरूमा सेवा पुर्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL