Logo

प्रिमियर ईन्स्योरेन्सको सिईओमा विश्व तिमिला नियुक्त, बीमा क्षेत्रमा ४ दशकको अनुभव

प्रिमियर ईन्स्योरेन्सको सिईओमा विश्व तिमिला नियुक्त, बीमा क्षेत्रमा ४ दशकको अनुभव



काठमाडौं । प्रिमियर ईन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विश्व तिमिला नियुक्त भएका छन । बीमा क्षेत्रमा ४० बर्षे अनुभव भएका उनी मंगलबार कम्पनीको सिईओमा नियुक्त भएका हुन ।

उनले यसअघि नेको ईन्स्योरेन्समा केही समय सिईओ पदमा काम गरेपश्चात संचालकको समेत जिम्मेवारी लिएका थिए ।

उनले २०३७ सालमा ओरियन्टल ईन्स्योरेन्स कम्पनीमा बजार अधिकृतका रुपमा काम गरेका थिए । सोही समयदेखि बीमा क्षेत्रमा लागेका उनी २०५३ सालमा नेको ईन्स्योरेन्सको बरिष्ठ प्रवन्धकको रुपमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL