Logo

सुनको मूल्यमा वृद्धि निरन्तर, यस्तो छ सोमबारको मूल्य

सुनको मूल्यमा वृद्धि निरन्तर, यस्तो छ सोमबारको मूल्य



काठमाडौं । नेपाली बजारमा देखिएको सुनको मूल्यवृद्धिले निरन्तरता पाउने देखिएको छ । साताको दोस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला रु ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ७६ हजारमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय रहेको थियो।

त्यसैगरी तेजावी सुन आज प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यसैगरी सोमबार चाँदीको मूल्य तोलामा रु २० ले बढेर प्रतितोला ९ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL