Logo

सामाजिक सुरक्षा कोषमा सहभागी हुने श्रमिकको संख्या १ लाख ३५ हजार, रोजगारदाताको संख्या १२ हजार पुग्यो

सामाजिक सुरक्षा कोषमा सहभागी हुने श्रमिकको संख्या १ लाख ३५ हजार, रोजगारदाताको संख्या १२ हजार पुग्यो



काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुनेको संख्या बढ्दै गएको छ । शुक्रबारसम्म सामाजिक सुरक्षा कोषमा १ लाख ३५ हजार ६ सय ८३ योगदानकर्ता सूचीकृत भएका छन् । यस्तै ११ हजार ९ सय ७८ रोजगारदाता पनि कोषमा आबद्ध भएका छन ।

सबैभन्दा बढी प्रदेश नं ३ बाट ९७ हजार ७३४ श्रमिक योजनामा सहभागी भएका छन् । प्रदेश नं १ बाट २१ हजार ३२१, प्रदेश नं २ बाट ७ हजार ७०९, गण्डकी प्रदेशबाट ५ हजार ५३, प्रदेश नं ५ बाट ३ हजार २३६, सुदूरपश्चिम प्रदेशबाट ४६१ र कर्णाली प्रदेशबाट १६९ श्रमिक सूचीकृत भएको कोषले जानकारी दिएको छ ।

रोजगारदाताको आबद्धता प्रदेश नं ३ बाट बढी देखिएको छ । प्रदेश ३ बाटमात्रै ७ हजार ९९६ रोजगारदाता कोषमा सूचीकृत भएका छन् । प्रदेश नं १ बाट १ हजार ८६०, प्रदेश नंं ५ बाट ८५६, गण्डकी प्रदेशबाट ५४८, प्रदेश नं २ बाट ४७१, सुदूरपश्चिम प्रदेशबाट १२७ र कर्णाली प्रदेशबाट १२० रोजगारदाता कोषमा सूचीकृत भएका छन् ।

कोषमा ३८ करोड ५३ लाख ७० हजार २५८ योगदान रकम संकलन भएको छ । सूचीकरण प्रक्रियामा ७४ जिल्ला समेटिएका छन् । कोषमा योगदान गर्ने ३ योगदानकर्ताका परिवारले आर्थिक सहायता प्राप्त गरेका छन् ।

गत मङ्सिर ११ गते शुभारम्भ गरिएको योगदनमा आधारित सामाजिक सुरक्षा योजनामा श्रमिक तथा रोजगारदाताको सहभागिता उत्साहजनक देखिएको छैन । केन्द्रीय तथ्याङ्क विभागको अध्ययन अनुसार नेपालभर करिब ९ लाखको हाराहारीमा प्रतिष्ठान दर्ता भएका छन् । ती प्रतिष्ठानमा करिब २४ लाख बढी श्रमिक आबद्ध रहेको बताइन्छ ।

कोषले चार प्रकारको सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाबाट योगदानकर्ताले सामाजिक सुरक्षा प्राप्त गर्नेछन्/रासस

प्रतिक्रिया दिनुहोस्
MBL