Logo

इरान–अमेरिका द्वन्द्वको प्रभाव सुनमा, हालसम्मकै रेकर्ड तोड्दै साढे ७५ हजारमा कारोबार

इरान–अमेरिका द्वन्द्वको प्रभाव सुनमा, हालसम्मकै रेकर्ड तोड्दै साढे ७५ हजारमा कारोबार



काठमाडौं । आईतबार सुनको मूल्य प्रति तोला ७५ हजार ५ सय रुपैयाँ पुगेको छ ।

नेपालको इतिहासमा सुनको मूल्य ७५ हजार ५ सय रुपैयाँ पुगेको यो पहिलो चोेटी भएको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार शुक्रबार प्रति तोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अध्यक्ष मोहन सुनारले अमेरिका र ईरानबीच भएको द्धन्द र अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा त्यसको प्रभाव परेको बताए ।

बजारमा सुनको मूल्य दिनानु दिन बढ्दै गए पनि अहिले बिहेको सिजन नभएकाले कारोबार रकम भने घटिरहेको अध्यक्ष सुनारले बताए । ब्यापारीले कुनै स्टक राख्ने काम नगरेको बताउँदै उनले भने, ‘अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि बढेको हो ।’

त्यस्तै तेजाबी सुनको मूल्य प्रति तोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुनको मूल्य शुक्रबारको तुलनामा १ हजार रुपैयाँले बढेर ७५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको मूल्य भने यथावत रहेको छ । चाँदी प्रति तोला ९ सय रुपैयाँमा नै कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्