Logo

१५ लाख घुससहित इन्जिनियर र सब इन्जिनियर पक्राउ, अन्तिम बिल भुक्तानीमा लिएका थिए घुस

१५ लाख घुससहित इन्जिनियर र सब इन्जिनियर पक्राउ, अन्तिम बिल भुक्तानीमा लिएका थिए घुस



काठमाडौँ । सडक डिभिजन कार्यालय, लहान सिराहाका इन्जिनियर र सब इन्जिनियर १५ लाख ९६ हजार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर नविनकुमार साह र सव–इन्जिनियर विरेन्द्रकुमार साहले सेवाग्राहीसँग घुस लिएको अवस्थामा दुवैलाई पक्राउ गरेको हो ।

रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा सेवाग्राहीबाट १५ लाख ९६ हजार घुस लिइसकेको अवस्थामा सोही कार्यालयको परिसरमा रहेको कर्मचारी आवास भित्रबाट रकमसहित दुवैलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL