Logo

नेकपाले टुङ्गो लगायो राष्ट्रियसभाका लागि १६ जना उम्मेदवार (नामावली सहित)

नेकपाले टुङ्गो लगायो राष्ट्रियसभाका लागि १६ जना उम्मेदवार (नामावली सहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्यमा आफ्नो पार्टीको तर्फबाट उठ्ने उम्मेदवारहरुको टुंगो लगाएको छ । सत्तारुढदल नेकपाको आज बालुवाटारमा बसेको सचिवालय बैठकले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारहरुको टुंगो लगाएको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अघिल्लो राष्ट्रिय सभा निर्वाचनबाट चुनिएर गोलाप्रथाबाट २ बर्षे समयावधि पाएको राष्टियसभा सदस्यहरुको समयावधि सकिएसँगै नयाँ छनौटको लागि नेकपाले आफ्नोतर्फबाट उम्मेदवारहरु टुङ्गो लगाएको हो ।

उनका अनुसार बैंठकले प्रदेश नम्बर १ बाट गोपी अछामी, इन्दु गौतम र देवेन्द्र दाहाललाई राष्ट्रियसभा उम्मेदवार बनाउने निर्णय गरेको छ भने प्रदेश नम्बर २ बाट तुलसा दाहाल, राधेश्याम पासवान रहेका छन् ।

यसैगरी प्रदेश नम्बर ३ बाट बेदुराम भुषाल र गंगा बेलवासे राष्ट्रिसभाको उम्मेदवार बन्ने भएका छन् । सचिवालयले गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने, प्रदेश नम्बर ५ बाट विमला घिमिरे, गोपाल भट्टराइ र जगतप्रसाद शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज भएको बैंठकले कर्णाली प्रदेशबाट सुमित्रा विसी र माया प्रसाद आचार्य तथा सुदूरपश्चिम प्रदेशबाट तारामान स्वाँर र शारदा भट्टलाई उमेद्वार बनाउने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्