Logo

शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च, प्रति तोला १ हजारले बढ्दा ७४ हजार ५ सयमा कारोबार

शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च, प्रति तोला १ हजारले बढ्दा ७४ हजार ५ सयमा कारोबार



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रति तोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । जुन मूल्य नेपालको इतिहासमा हालसम्मकै सबैभन्दा बढी हो ।

सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहीबार ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार प्रति तोला १ हजार रुपैयाँले बढेर साढे ७४ हजार रुपैयाँ पुगेको हो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै शुक्रबार नेपालमा हालसम्मकै उच्च हुन पुगेको हो ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रति तोला ७४ हजार २ सय रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । त्यस्तै चाँदी प्रति तोला ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी बिहीबार प्रति तोला ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार १० रुपैयाँले बढेर प्रति तोला ९ सय रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्