Logo

बिजखबरको समाचार सम्पादकमा पोख्रेल नियुक्त

बिजखबरको समाचार सम्पादकमा पोख्रेल नियुक्त



काठमाडौं । बिजखबर डटकमको समाचार सम्पादकमा सन्तोष पोख्रेल नियुक्त भएका छन् । लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय पोख्रेललाई बिजखबर डटकम व्यवस्थापनले बुधबार जमलस्थित कार्यालयमा स्वागत गरेको हो ।

bizkhabar

पत्रकारिता तथा आमसञ्चार विषयमा स्नात्तकोतर गरेका पोख्रेलसँग यसअघि आर्थिक अभियान दैनिक, टुरिजम टाइम्स पाक्षिकलगायतमा काम गरेको अनुभव छ ।

पोख्रेलसँगकोे सहकार्यले आर्थिक पत्रकारितामा बिजखबर डटकमले थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा राखेको संस्थाले बताएको छ । साथै नवनियुक्त समाचार सम्पादक पोख्रेलले आर्थिक पत्रकारितामा बिजखबर डटकमलाई थप उचाइँमा पुर्याउन भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL