Logo

प्रदेश ३ को नाम बागमती, राजधानी हेटौडा

प्रदेश ३ को नाम बागमती, राजधानी हेटौडा



काठमाडौँ । लामो समयदेखि विवदित रहेको प्रदेश ३ को नाम र राजधानी अन्ततः तय भएको छ । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती राख्ने निर्णय गरेसँगै नाम र राजधानी लगभग टुंगो लागेको हो ।

आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को संसदीय दल र प्रदेश कमिटीलाई प्रदेशको नाम बागमती राख्न र राजधानी हेटौडा नै हुनेगरी निर्णय गर्न निर्देशन दिएको हो ।

प्रदेश ३ मा नेकपासँग स्पष्ट दुई तिहाइ बहुमत रहेकाले अब प्रदेशको नाम र राजधानीको टुंगो लाग्ने भएको छ । प्रदेश सभा गठन भएको २ वर्ष पुग्न लाग्दा समेत प्रदेश ३ ले नाम र राजधानीको टुंगो लगाउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्