Logo

साताको पहिलो दिन आज यस्तो छ नेपाली बजारमा सुन चाँदीको मूल्य

साताको पहिलो दिन आज यस्तो छ नेपाली बजारमा सुन चाँदीको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुनको स्थिर रही छापावाला सुन प्रतितोला ७३ हजार ३ सयमा कारोबार भइरहेको छ।

यस अघि शुक्रबार सुनको मूल्य तोलामा १ हजार १ सयले बढेर तोलाको ७३ हजार ३ सय कायम भएको थियो। त्यसैगरी तेजावी सुन आज प्रतितोला ७३ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी आइतबार चाँदीको मूल्य भने प्रतितोला रु ५ ले घटेर ८ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL