Logo

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो, प्रति तोला ७२ हजार ८ सयमा कारोबार

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो, प्रति तोला ७२ हजार ८ सयमा कारोबार



काठमाडौं । सुनको भाउ बुधबार ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार मंगलबार ७२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बुधबार प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबारको सुनको मूल्य भने पछिल्लो ३ महिना यताकै उच्च विन्दुमा पुगेको छ । त्यस्तै तेजाबी सुनको मूल्य बुधबार ७२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने चाँदी प्रति तोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्