Logo

संविधान संशोधनका विषयमा प्रधानमन्त्रीसँग मतभेदपछि समाजबादीले गर्यो सरकार छाड्ने निर्णय

संविधान संशोधनका विषयमा प्रधानमन्त्रीसँग मतभेदपछि समाजबादीले गर्यो सरकार छाड्ने निर्णय



काठमाडौं । अन्ततः समाजवादी पार्टीले सरकार छाड्ने भएको छ। पार्टीभित्रै सरकारमै रहने र छाड्ने भन्ने लामो समयको विवादपछि मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् ।

यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिएका थिए । साथै स्वास्थ्य राज्यमन्त्रीको पद खोसिएको थियो । त्यसैगरी पार्टीका सचिव मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्री छन्।

संविधान संशोधनको सहमतिसहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले संविधान संशोधनको विषयमा प्रस्ताव राख्न खोजेका थिए।

तर, प्रधानमन्त्रीले उनको प्रस्ताव ठाडै अस्वीकार गरिदिएसँगै समाजबादीलाई सरकारमा रहिरहन नैतिक रुपमा संकट परेको थियो । यस्तै केही समयअघि पार्टी एकतापछि सहअध्यक्ष बनेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि सरकार छाड्नुपर्ने अडानमा थिए ।

प्रतिक्रिया दिनुहोस्