Logo

यूनियन लाईफको साधरण सभाबाट आईपीओ जारी प्रस्ताव पारित, सर्वसाधरणलाई साढे ६४ लाख कित्ता सेयर

यूनियन लाईफको साधरण सभाबाट आईपीओ जारी प्रस्ताव पारित, सर्वसाधरणलाई साढे ६४ लाख कित्ता सेयर



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको दोस्रो साधारण सभाले सर्वसाधारणलाई निष्काशन गरिने आइपीओ निष्काशनका लागि प्रक्रियागत कार्य अगाडी बढाउने सहमती प्रदान गरेको छ ।

आइपीओ निष्काशनका लागि यस अघि २०७४ कात्तिक १५ गते भएको प्रथम वार्षिक साधारण सभाले निर्णय गरेको थियो । कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँ भएको सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशतका दरले हुन आउने ६४ करोड २० लाख रुपैयाँ बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्नेछ ।

कम्पनीको वार्षिक साधारण सभाले संचलाक समितिको तर्फबाट पेश भएको आब २०७४÷०७५ को वार्षिक प्रतिवेदन, लेखा परिक्षणको प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नेपाल वित्तीय प्रतिवेदन मान बमोजिमको वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष शुलभ अग्रवालले नयाँ कम्पनी भएर पनि यूनियन लाइफले गरेको प्रगती प्रशंसायोग्य रहेको बताए । साथै आगामी दिनमा प्रभावकारी योजना सहित कम्पनीलाई आम नागरिकको भरोसायोग्य कम्पनी बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL