Logo

नेपाल–चीन उद्योग वाणिज्य संघ र चिनियाँ राजदुतबीच भेट, ब्यापार र पर्यटन प्रवर्द्धनमा जोड

नेपाल–चीन उद्योग वाणिज्य संघ र चिनियाँ राजदुतबीच भेट, ब्यापार र पर्यटन प्रवर्द्धनमा जोड



काठमाडौं । नेपाल–चीन उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरुले नेपालका लागि चिनियाँ राजदुत हउ याङक्कीसँग भे्टबार्ता गरेको छ । भेटमा दुई देशबीचको व्यापार, पर्यटन तथा आर्थिक प्रवर्द्धनका विषयमा छलफल भएको संघले जानकारी दिएको छ । संघका अनुसार चिनियाँ राजदुत याङकीले दुई देशबीच विद्यमान आपसी विश्वास र मित्रता महत्वपूर्ण रहेको र चिनियाँ उत्पादनहरु सस्तो तथा गुणस्तरयुक्त भएको कारण विश्वमा नै ठुलो निर्यातमूलक राष्ट्र भएको बताए ।

दुई देशबीचको व्यापार वृद्धिमा नेपालतर्फको साँगुरो सडक नै वाधकको रुपमा देखा परेको हुँदा दुवै राष्ट्र नेपालको सडक निमार्ण तथा विस्तारमा लागि परेको राजदूत याङ्कीले बताएकी छिन । नेपालमा विमानस्थालहरुको निर्माण तिव्र गतिमा भइरकेको र हालै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थालको प्रोजेक्ट पूर्ण गरी हस्तान्तरण गरिसकेको बताउँदै अबका दिनमा दुई देशबीच भएका विविध सम्झौताहरुको कार्यान्वयनमा जोड दिने बताए ।

उनले नेपाल चीन उद्योग वाणिज्य संघ एक अग्रणी संस्था भएको र दुई देशबीचको आर्थिक, व्यापारिक, सांस्कृतिक सम्बन्ध प्रवर्द्धनमा गर्दै आएको कार्य उल्लेख्य रहेकाले आगामी दिनमा समेत दुई देशबीचको व्यापार, पर्यटन तथा आर्थिक क्रियाकलापहरुमा सहकार्य गर्ने जानकारी दिएका छन ।

भेटका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले दुई देशबीचको पुरानो सम्वन्ध रहेको र विद्यमान व्यापारिक सम्भावना र समस्याहरु वारे जानकारी दिएका छन । साथै उनले हालै चीनका राष्ट्रपती सि जिनपिङको नेपाल भ्रमणले दुई देशबीचको आर्थिक लगानी तथा पर्यटनमा बृद्धि हुने बताए ।

लार्चामा सुख्खा वन्दरगाह संचालनमा आएको र सडक मार्गबाट छिटो सुरक्षित रुपमा सामान नेपाल आईपुग्ने हुँदा धेरै आयातकर्ताहरु त्यसतर्फ आकर्षित भइरहेको हुँदा रसुवा तथा तातोपानी नाकामा भौतिक पूर्वाधारको विकास गर्नु पर्नेमा समेत उनले जोड दिएका छन ।


प्रतिक्रिया दिनुहोस्