Logo

संविधानको प्रारम्भिक मस्यौदा सभाध्यक्षलाई आज हस्तारन्तरण, के छन् व्यवस्था ?

संविधानको प्रारम्भिक मस्यौदा सभाध्यक्षलाई आज हस्तारन्तरण, के छन् व्यवस्था ?


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१३ असार, काठमाडौं । नयाँ संविधानको प्रारम्भिक मस्यौदा आज सभाअध्यक्ष सुवाशचन्द्र नेम्वाङको हातमा पुग्ने भएको छ । मस्यौदा समितिले ३७ भाग र २ सय ९६ धारा भएको नयाँ संविधानको प्रारम्भिक मस्यौदा सभाध्यक्षलाई आजै हस्तान्तरण गर्ने समितिका एक नेताले जानकारी दिए ।

प्रारम्भिक मस्यौदामा केन्द्र सरकारले प्रत्येक बर्षको जेठ १५ गते दुबै सदनको संयुक्त वैठकमा वार्षिक बजेट पेश गर्नुपर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, संबिधान जारी भएको ६ महिनाभित्र हालकै संरचनामा स्थानीय निकायको निर्वाचन हुने संबैधानिक सुनिश्चितता पनि प्रारम्भिक मस्यौदाले गरेको छ । आमा वा बाबुमध्ये एकको नाममा नागरिकता प्रदान गर्न सकिने, दलित र महिलाको समानुपातिक प्रतिनिधित्व हुने जस्ता विषयमा पनि समितिमा बहुमत रहेको सभाषदहरुले जानकारी दिएका छन् ।

हरेक वर्षको आर्थिक विधेयक प्रस्तुत गर्न संविधानले नै मिति तोक्नुपर्ने बहस केही वर्षयता चलिरहेको थियो । राजनीतिक दलहरुबीचको असमान्जस्यता र राजनीतिक स्वार्थका लागि बजेटसँग बार्गेनिङ गर्ने संस्कार विकसित हुँदै गए पछि यसले धेरै विकृति निम्त्याएको विज्ञहरुको बुझाइ छ । तर, बजेटको मितिसँग बहसमा रहेको आर्थिक वर्षको अवधिबारे भने देशको मुल कानूनको मस्यौदामा केही उल्लेख छैन ।

रकारको योजना छनोट र बजेट खर्चमा धेरै ठूला समस्या देखिएको भन्दै जेठबाट नयाँ आर्थिक वर्षको गणना गर्नुपर्ने माग सरोकारवालाहरुले उठाउँदै आएका थिए । संविधानको प्रारम्भिक मस्यौदाले जेठबाट आर्थिक वर्ष सुरु गर्ने मागको पनि सम्बोधन नगर्ने देखिएको छ ।

त्यस्तै शीर्ष नेताहरु आमाको नामबाट नागरिकता दिने सवालमा धेरै ‘कञ्जुस’ भएको भन्दै सामाजिक सञ्जालहरुमा हिजो चर्का बहस भएका थिए । आज बसेको मस्यौदा समितिको बैठकमा उक्त ‘आमा र बुबा’ शब्दको सट्टा ‘आमा वा बुबा’ शब्द राख्ने कुरामा बहुमत देखिएको सभासद गगन थापाले बताएकाछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL