Logo

प्रम दैवी प्रकोप उद्धार कोषमा नागरिक उड्डयनको ३ करोड सहयोग, ५ अर्व ६९ करोड जम्मा

प्रम दैवी प्रकोप उद्धार कोषमा नागरिक उड्डयनको ३ करोड सहयोग, ५ अर्व ६९ करोड जम्मा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१३ असार,काठमाडौं । भुकम्प गएको २ महिना पुरा भइसक्दा स्वदेशी तथा विदेशी संस्थाहरुबाट राहत सहयोग आउने क्रम जारी छ । यसै क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ प्रदान गरेको छ ।

भूकम्प पीडित नेपालीहरुको राहत र पुनस्थापना कार्यलाई सघाउन सो रकम प्रदान गरेको हो ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्राधिकरणका नवनियुक्त महानिर्देशक संजीव गौतमले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।

सो अवसरमा प्राधिकरणका उपमहानिर्देशक सहित कर्मचारी यूनियनका अध्यक्ष तथा अन्य कर्मचारीहरु पनि उपस्थित थिए ।  प्राधिकरणका कर्मचारीहरुले यस अघि पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गरेका थिए ।

यससँगै कोषमा ५ अर्व ६९ करोड रुपैयाँ जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL