बिजखबर संबाददाता
१३ असार, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महत आइतवार चीन प्रस्थान गर्दैछन् । एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को अस्तित्व एवम् सञ्चालनको कानुनी आधार निर्धारण गर्ने विधानमा हस्ताक्षर गर्न चीन जान लागेका हुन् ।
एआइआइबी बैंकको विधानमा सोमबार हस्ताक्षर गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
अर्थमन्त्रालयका सहसचिव एवम् अन्तररष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनी र सोही महाशाखाका उपसचिव प्रेमप्रसाद उपाध्याय भने शनिबार राति नै त्यसतर्फ प्रस्थान गरेको बताइएको छ ।
गत नोभेम्बरमा नेपाले एआइआइबीको सदस्यता प्राप्त गरेको हो । विश्वका विभिन्न २७ मुलुकमा प्रतिनिधिहरु विधानमा हस्ताक्षर गर्न बेइजिङ पुग्दै छन् ।