Logo

जिडीपी साढे ४ प्रतिशतले बढ्ने एडीबीको प्रक्षेपण, कृषि क्षेत्रको बृद्धिदर न्यून

जिडीपी साढे ४ प्रतिशतले बढ्ने एडीबीको प्रक्षेपण, कृषि क्षेत्रको बृद्धिदर न्यून


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

११ असार,काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले आगामी  आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर ४ दशमलव ५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

 जापान इण्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका)ले बिहीवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बैंककी उपाध्यक्ष विन्दु लोहनीले यस्तो बताएकी हुन् ।

पुनर्निर्माणको कामले औद्योगिक र सेवा क्षेत्रमा उल्लेख्य सुधार हुने उनको अनुमान छ । तर, आउँदो वर्ष कृषिक्षेत्रको वृद्धिदर भने न्यून रहने उनले बताएकी छन् ।‘ बीउ, खेतीयोग्य जमीन र पशुधनमा भएको ठूलो क्षतिले कृषिक्षेत्रको वृद्धि दर ज्यादै कमजोर हुने देखिएको छ ’ उनले भनिन् ।

आगामी बर्ष  मनसुन समेत निकै कमजोर हुने प्रक्षेपण गरिएको छ । त्यसले गर्दा कृषि क्षेत्रको वृद्धि दरलाई प्रभावित पार्ने उनी बताउँछिन् ।

बैंकले  भूकम्पपछि  चालू आर्थिक वर्षको जीडीपी वृद्धि दर  भने ३ दशमलव ८ प्रतिशतमा सिमित हुने  प्रक्षेपण गरेको छ । यसअघि बंकले बृद्धिदर  ४ दशमलव ६ प्रतिशतको दरमा बढ्ने पूर्वानुमान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL