Logo

भृकुटीमण्डपमा आँप महोत्सव शुरु, प्रदर्शनमा ११ ओटा स्टल

भृकुटीमण्डपमा आँप महोत्सव शुरु, प्रदर्शनमा ११ ओटा स्टल


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
११ असार, काठमाडौं । काठमाडौंमा शुक्रवारदेखि पहिलो राष्ट्रिय आँंप महोत्सव सुरु भएको छ । भृकुटीमण्डपमा शुरु भएको महोत्सव नेपाल फलफूल थोक ब्यवसायी संघ कुलेश्वर तथा फलफूल विकास निर्देशनालय कीर्तिपुरको संयुक्त सहकार्यमा  सुरु भएको हो ।

मेला दुई दिनसम्म चल्ने आयोजकले जानकारी दिएका छन् । महोत्सवमा १८ जातका आँपका ११ ओटा स्टल राखिएको संघका अध्यक्ष अमर बानियाँले जानकारी दिए ।
जसमध्ये पाँचवटा खुद्रा र ६ वटा थोक स्टल रहेका छन् ।

महोत्सवमा नेपालमा पाइने आँप र आँंपबाट निर्माण हुने अन्य परिकारको बारेमा उपभोक्तालाई जानकारी दिइनेछ । यसका साथै भारतलगायत अन्य मुलुकबाट भित्रिने बिषादी तथा रसायनयुक्त आँपको बारेमा पनि महोत्सवमा जानकारी दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL