Logo

स्वर्ण पदक बिजेतालाई ९ लाख रुपैयाँ दिने प्रधानमन्त्री ओलीको घोषणा, रजतलाई ६ र कास्यलाई ३ लाख

स्वर्ण पदक बिजेतालाई ९ लाख रुपैयाँ दिने प्रधानमन्त्री ओलीको घोषणा, रजतलाई ६ र कास्यलाई ३ लाख



काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ प्रदान गरिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा स्वर्ण पदक बिजेतालाई जनही ९ लाख रुपैयाँ दिने घोषण गरेका हुन ।

त्यस्तै रजत पदक विजेतालाई जनही ६ लाख र कांस्य पदक बिजेतालाई ३ लाख रुपैयाँ दिने प्रधानमन्त्री ओलीले घोषणा गरेका हुन ।

काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्