Logo

बिहीबार देशभर सार्वजनिक बिदा, यस्तो छ कारण

बिहीबार देशभर सार्वजनिक बिदा, यस्तो छ कारण



काठमाडौं । सरकारले मंसिर २६ गते बिहिबार देशभर सार्वजनिक विदा दिने भएको छ । बिहिबार उधौली पर्व, धान्यपुर्णिमा र योमरीपुन्हि परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली पर्व तथा नेवारी समुदायले पनि योमरी पूर्णिमा मनाउने भएकाले सरकारले बिहीबार सार्वजनिक बिदा दिएको हो ।

त्यस्तै सरकारले क्रिसमस, तमु, सोनाम, र ग्याल्बो लोछार, माघी पर्वलगायतका पर्बहरुमा समेत बिदा दिने भएको छ । उधौली पर्व, धान्यपुर्णिमा र योमरीपुन्हि पर्व एक दिन परेकाले सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्