Logo

हायतको बैठकमा तारागाउँ विकास समितिको असन्तुष्टि, अध्यक्ष न्यौपानले राखे ६ बुँदे फरक मत

हायतको बैठकमा तारागाउँ विकास समितिको असन्तुष्टि, अध्यक्ष न्यौपानले राखे ६ बुँदे फरक मत



काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको होटल सञ्चालक समितिको बैठकमा तारागाउँ विकास समितिका अध्यक्ष प्रह्लाद न्यौपानेले असन्तुष्टि ब्यक्त गरेका छन । सञ्चालक समितिमा प्रतिनिधित्व, हकप्रद सेयर, लगानी र प्रतिफललगायतका बिषयमा अध्यक्ष न्यौपानले आफ्नो ६ बुँदे फरक मतसहित असन्तुष्टि ब्यक्त गरेका हुन् ।

सोमबार भएको होटल सञ्चालक समितिको बैठकमा अध्यक्ष न्यौपानले तारा गाउँ विकास समितिका तर्फबाट फरक मत प्रस्तुत गरेका हुन् । अध्यक्ष न्यौपानेले सञ्चालक समितिमा बिकास समितिको तर्फबाट यसअघि ३ जनाको प्रतिनिधित्व रहने प्राबधान भएपनि पछिल्लो समयमा १ जना मात्रै प्रतिनिधित्व गराएको भन्दै ३ जनाकै प्रतिनिधित्व हुनुपर्ने बताए ।

यसअघि सञ्चालक समितिमा तारा गाउँ विकास समितिका अध्यक्ष १, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव १, र समितिका संचालक सदस्य १, गरी जम्मा ३ जनाले होटल सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने प्रावधान थियो ।

तर, पछिल्लो समयमा तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडमा तारा गाउँ विकास समितिको लगानी अनुपात साविकको २२ दशमलब ६७ प्रतिशतबाट घटेर ९ दशमलब १ प्रतिशत घटेको भन्दै १ जनामा सिमित गरिएको छ । समितिको तर्फबाट सञ्चालक समितिमा समितिमा तीनै जनाको प्रतिनिधित्व हुनुपर्ने अध्यक्ष न्यौपानेको अडान रहेको छ ।

त्यस्तै अध्यक्ष न्यौपानेले समितिको लगानीको अनुपात साविकको २२ दशमलब ६७ कायम रहनु पर्ने प्रावधानलाई यथावत राख्ने र आफ्नो हिस्साको हकप्रद सेयर प्राप्त गर्न होटल सञ्चालक समितिबाट नेपाल सरकारमा पुनः अनुरोध गर्न लगाउनु पर्ने अडान राखेका छन् ।

साथै उनले समितिले तारा गाउँ रिजेन्सी होटल्समा गरेको लगानी र प्रतिफलको विश्लेषण गनुपर्ने, होटलको हालको सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण गर्नुपर्ने अडान राखेका छन । प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले १८ चैत २०५० मा दिएको निर्देशनको सम्वन्धमा समितिले होटल्सलाई लिजमा दिईएको जग्गाको समय सापेक्ष पुनः मूल्यांकन हुन पर्ने अडानसमेत राखेका छन् ।

यस्तै संघीय संसद, प्रतिनिधि सभा, अन्तरराष्ट्रिय सम्वन्ध समितिबाट पेश भएको तारा गाउँ विकास समितिका सम्वन्धमा अध्ययन अनुगमन सम्वन्धी प्रतिवेदन, २०७५ को कार्यान्वयन हुनु पर्ने र होटल्सको गुरुयोजनामा उल्लेखित सांस्कृतिक केन्द्र लगायतको कार्ययोजना कार्यान्वयनको व्यवस्था शीघ्र कार्यान्वयन गर्नु पर्ने माग राखेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL