Logo

अर्थमन्त्री भन्छन् सम्मेलन लिन र दिनका लागि मात्र होइन, मानवीय कामका लागि हो

अर्थमन्त्री भन्छन् सम्मेलन लिन र दिनका लागि मात्र होइन, मानवीय कामका लागि हो


रामराजा श्रेष्ठ
0
Shares

 बिजखबर संबाददाता

१० असार,काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले दाता सम्मेलन लिने र दिने मात्र नभएर मानवताका लागि आयोजना गरिएको बताएका छन् । पुनर्निर्माणका लागि अन्तराष्ट्रिय सम्मेलनको उद्धघाटनका अवसरमा उनले मानवीय काममा लागि दाता सम्मेलन गरिएको बताए । साथै पुनर्निर्माण तथा विशुद्ध मानवीय कामको लागि छिमेकी तथा दाताहरुको सहयकार्य आवश्य भएको स्पष्ट पारे ।

 अर्थमन्त्रीले सम्मेलनमा भूकम्पबाट नेपालले भोगेको आर्थिक क्षतिको विवरणबारे जानकारी दिए । उनका अनुसार दुई अर्ब डलर बराबर तत्काल क्षति पुगेको छ । साथै नेपालको आर्थिक गतिविधिमा कुल सात अर्ब डलरबराबर नोक्सान भएको बताए ।

त्यस्तै अर्थमन्त्रीले वैदेशिक सहायताले मात्रै नेपाल अतिकम विकसित मुलुकबाट माथि उठ्न नसक्ने बताए । ‘मुलुकलाई माथि उठाउन एउटा विकल्प मात्रै वैदेशिक सहायता हो उनले भने सरकारले आर्थिक सुधार, निजीक्षेत्रको पूँजी परिचालन, उद्यमशिलताको विकासबाट मुलुकले सामान्य अवस्थामा विकासको गति समात्न सक्छ । ’

भूकम्पबाट २६ हजार कक्षा कोठा भत्किएर लाखौ बालबालिकाको शिक्षा प्रभावित भएको बताए । साथै भूकम्पका कारण राजस्व संकलन लक्ष्य भन्दा आठ प्रतिशत कम उठ्ने भएकोले यसको असर आगामी आर्थिक बर्षमा पर्ने जानकारी दिए ।
राजस्व संकलनमा पर्ने प्रभावले विकास खर्च बढाउन समस्या हुने महतले बताए ।  सरकारले तयार गरेको पोष्ट डिजास्टर निड एसिस्टमेन्ट (पिडिएनए) अनुसार पुनिर्निर्माणका लागि ६ खर्ब ७० अर्ब रुपैयाँ लाग्नेछ ।

भूकम्प प्रभावित क्षेत्रले सामाजिक तथा आर्थिक क्षति व्यहोरेकोले  त्यस्ता स्थानमा पुनस्थापनाका लागि तत्काल प्याकेज आवश्यक भएको अर्थमन्त्रीले बताए । साथै यस्तो प्याकेज आगामी आर्थिक वर्षको बजेट मार्फत घोषणा गर्ने जानकारी दिए ।

डा. महतले  सरकारले व्यापार पुनस्थापना गर्न तथा  श्रमिकको अभाव हुन नदिन नीतिगत व्यवस्था गर्ने जानकारी दिए ।

सरकारले आर्थिक क्षेत्रमा पर्ने असर विशेषगरी मुल्य बृद्धिमा पर्ने चापलाई सुक्ष्म निगरानी गर्ने जानकारी पनि अर्थमन्त्रीले दिए ।

साथै आर्थिक सुधारका कार्यक्रमले लगानीमैत्री वातावरण बन्ने विश्वास दातालाई दिलाए ।

प्रतिक्रिया दिनुहोस्
MBL