Logo

नेपाल मानव विकास सूचकांकको १४७ औं स्थानमा, ब्रोडब्याण्ड ईन्टरनेट विस्तारमा एशिया प्रशान्त क्षेत्रले लिड गर्दै

नेपाल मानव विकास सूचकांकको १४७ औं स्थानमा, ब्रोडब्याण्ड ईन्टरनेट विस्तारमा एशिया प्रशान्त क्षेत्रले लिड गर्दै



काठमाडौं । नेपालको मानव विकास सूचकांकमा १ सय ४७ औं स्थानमा पुगेको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी)ले सन् २०१८ को मंगलबार सार्वजनिक गरेको मानव विकास सूचकांक प्रतिवेदन २०१९ मा नेपाललगायत एशिया प्रशान्त क्षेत्रकै मानव विकास सूचकांकको सूचकमा वृद्धि भएको जनाएको हो ।

नेपाल सन २०१८ मा मानव विकास सूचकांकमा ० दशमलव ५७९ अंक उक्लेपछि देश मध्यम मानव विकास सूचकांकको श्रेणीमा पुगेको छ । नेपाललाई १ सय ८९ देशमध्ये १ सय ४७ औं स्थान प्राप्त भएको हो ।

युएनडीपीका अनुसार ब्रोडब्याण्ड ईन्टरनेट पहुँचको आधारमा एशिया प्रशान्त क्षेत्रले मानव विकासको क्षेत्रमा ठुलो फड्को मारेको हो । यस क्षेत्रले ब्रोडब्याण्ड ईन्टरनेट विस्तारको हिसावले विश्वकै नेतृत्व गरेको युएनडीपीले जानकारी दिएको हो । यस्तै युएनडीपीले जलवायु परिवर्तन जस्ता नयाँ समस्याले यो क्षेत्र जोखिममा पर्न सक्ने समेत औँल्याएको छ ।

मानव विकास सूचकांक प्रतिवेदनका अनुसार एशिया प्रशान्त क्षेत्रको गरिबी, भोकमरी, अशिक्षालगायतको खाडल पुरिँदो अवस्थामा छ । प्रतिवेदनका अनुसार हालसम्मकै बढी संख्यामा मानिसहरु भोकमरी, अशिक्षा, रोग, गरिवी लगायतबाट मुक्त हुँदैछन ।

प्रतिवेदनमा मानव विकासमा सबैभन्दा बढी प्रगति गर्ने एशिया प्रशान्तका देशहरुमा पहिलो आयरल्याण्ड र दोस्रोमा थाईल्याण्ड परेको छ । यस्तै विश्वमै मानव विकासमा द्रुत फड्को मार्ने श्रेय भने दक्षिण एशियालाई गएको छ ।

प्रतिक्रिया दिनुहोस्