Logo

निरन्तर घट्दै सुनको मूल्य, चाँदीको मूल्य पनि घट्दो क्रममै

निरन्तर घट्दै सुनको मूल्य, चाँदीको मूल्य पनि घट्दो क्रममै



काठमाडौं । लगातर दुई दिनदेखि घटेको सुनको मूल्य साताको तेस्रो दिन मंगलबार पनि घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ सयले घटेको छ। महासंघका अनुसार आज सुन प्रतितोला ७० हजार ८ सयमा कारोबार भइरहेको छ।

यस अघि सोमबार सुन प्रति तोला ७१ हजारमा कारोबार भएको थियो। त्यसैगरी तेजाबी सुन प्रतितोला ७० हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि प्रतितोला रु ५ ले घटेर प्रतितोला ८ सय ३० मा कारोवार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL