Logo

विज्ञान मन्त्रालयलाई आइएफसीको ९० हजार डलर अनुदान, रकम इआईएमा लगाइने

विज्ञान मन्त्रालयलाई आइएफसीको ९० हजार डलर अनुदान, रकम इआईएमा लगाइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

९ असार,काठमाडौं । विश्व बैंक समूह अन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी)ले विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयलाई ९० हजार अमेरिकी डलर अनुदान सहयोग गर्ने भएको छ ।

बुधवार एक कार्यक्रमबीच मन्त्रालय र आइएफसीवीच सम्झौता भएको छ । सो अवसरमा मन्त्रालयका सहसचिक महेन्द्रमान गुरुङ र आइएफसी नेपालकी निर्देशक न्यारी पोर्टर पेस्काबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार सो रकम  वातावरणीय प्रभाव मूलयांकन(इआइए)का लागि खर्च गरिने छ ।

निजी क्षेत्रको जलविद्युत उत्पादकहरुसँग मिलेर नियमन संयन्त्र सुधार तथा क्षमता अभिबृद्धि सहायताको गर्न रकम खर्च गरिने छ । सहयोगबाट सरकार तथा निजी क्षेत्रको क्षमता बृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL