Logo

क्षतीग्रस्त विद्यालयमा जस्ता पुर्याउदै नेपाल ट्वान्टीवान, प्राथमिकतामा सहयोग नपुगेको ठाँउ

क्षतीग्रस्त विद्यालयमा जस्ता पुर्याउदै नेपाल ट्वान्टीवान, प्राथमिकतामा सहयोग नपुगेको ठाँउ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

८ असार,काठमाडौं । नेपाल ट्वान्टी वानले गोरखाको घ्यालचोक गाविसका विभिन्न विद्यालयलाई जस्ता, टेन्ट तथा कापी कलम वितरण गरेको छ । संस्थाले आधा दर्जन विद्यालयलाई जस्तपाता तथा पाठ्यसामग्री प्रदान गरेको हो ।

संस्थाले हालै घ्यालचोककै छतिवन गैराका शिव निम्न माध्यमिक विद्यालयलाई ५ बण्डल जस्ता सहयोग गरेको हो ।

त्यस्तै प्रजाज्योती प्राविलाई ४ बण्डल जस्ता तथा लत्ताकपडा सहयोग गरेको नेपाल ट्वान्टीवानका सदस्य किरण तिवारीले जानकारी दिए । ‘भुकम्पले विद्यालयको भवन क्षतिग्रस्त भइ विद्यार्थीहरु खुल्ला आकासमुनी पढ्न बाध्य भएकाहरु विशेष प्राथमिकतामा छन्’ उनले भने ।  त्यस्तै संस्थाको सहकार्यमा  डा. आवाज  खड्का ,सुमित्रा खड्कासहितको टोलिले स्वास्थय शिविर पनि सञ्चालन गरेको थियो ।

11402801_515007415317983_2493594568727786641_o

शिविरमा २ सय भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए ।

संस्थाले ज्ञानमार्ग उच्चमाविलाई पनि टेन्ट उपलब्ध गराएको छ ।  नेपाल ट्वान्टी वानले गोरखाका विभिन्न विद्यालय र माझी तथा चेपाङ

समुदायलाई विशेष प्राथमिकताका साथ राहत वितरण गरिरहेको छ ।

साथै आगामी दिनमा पनि राहत नपाएका तथा विशेषगरी पिछडिएका समुदायलाई सहयोग गर्ने योजना रहेको तिवारीले जानकारी दिए ।11009967_515008235317901_6957929635138713995_o

प्रतिक्रिया दिनुहोस्
MBL