Logo

पुर्ननिर्माणका लागि विश्व बैंकको ५० करोड डलर सहयोग, २० अर्ब भवन बनाउन प्रयोग गरिने

पुर्ननिर्माणका लागि विश्व बैंकको ५० करोड डलर सहयोग, २० अर्ब भवन बनाउन प्रयोग गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

८ असार,काठमाडौं ।विश्व बैंकले भूकम्पपछिको पुर्ननिर्माणका लागि नेपाललाई ५० करोड डलर  सहयोग गर्ने भएको छ ।

असार १० गते नेपालमा हुन लागेको नेपालको पुनर्निमाणका लागि अन्तरराष्ट्रिय सम्मेलनमा यसको घोषणा गरिने बताइएको छ । विश्व बैंकले सो सहयोग सहुलियतपूर्ण ऋणको रुपमा उपलब्ध गराउन लागेको हो ।

सो रकममध्ये करिब २० अर्ब ग्रामीण क्षेत्रमा भवन बनाउन प्रयोग हुनेछ ।

विश्व बैंकले नेपालका ग्रामीण क्षेत्रमा ५५ हजार घर बनाउन  रकम खर्च गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL