Logo

स्मार्टफोन विक्रीमा सामसुङ फेरि पहिलो नम्बरमा, हुवावे र एप्पलले पछ्याउँदैं

स्मार्टफोन विक्रीमा सामसुङ फेरि पहिलो नम्बरमा, हुवावे र एप्पलले पछ्याउँदैं


बिजखबर संवाददाता
189
Shares

काठमाडौं । दक्षिण कोरियाली ईलेक्ट्रोनिक कम्पनी सामसुङ स्मार्टफोन विक्रीमा पहिलो नम्बरमा नै रहेको छ । काउन्टरपोइन्ट रिसर्चद्धरा प्रकाशित पछिल्लो अध्ययन प्रतिवेदनमा सामसुङ निरन्तर आफ्ना स्मार्टफोनको खपत बढाउने कम्पनीको रुपमा अघि बढिरहेको छ ।

प्रतिवेदनमा सन २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्ममा मात्रै कम्पनीले आफ्ना ७ करोड ८२ लाख ओटा स्मार्टफोन विश्व बजारमा पठाएको छ । गत बर्ष उक्त अवधिमा कम्पनीले ७ करोड ६३ लाखओटा स्मार्टफोन अन्तररष्ट्रिय बजारमा पठाएको थियो । सामसुङको बजार हिस्सा हाल २१ प्रतिशत छ जुन गत बर्ष पनि सोही अनुपातमा थियो ।

केही अवरोधका वावजुद पनि चीनको विशाल विद्युतिय कम्पनी हुवावे धेरै स्मार्टफोन निर्यात गर्ने दोस्रो कम्पनी बनेको छ । पछिल्लो ३ महिनामा मात्रै हुवावेले ६ करोड ६२ लाख ओटा स्मार्टफोनहरु विश्वबजारमा पठाएको छ । गुगलको प्रतिवन्धका कारण हुवावे पहिलो स्थानमा आउन नसकेपनि कम्पनीले चीनमा कुल बजारको ४२ दशमलव ४ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

पछिल्लो ३ महिनामा ४ करोड ४६ लाख आईफोन विश्व बजारमा पठाएपछि एप्पल धेरै फोन विक्री गर्ने कम्पनीको तेस्रो स्थानमा आएको छ । यो भनेको गत बर्षको सोही अवधिको तुलनामा ४ दशमलव ५ प्रतिशतले कम हो । गत बर्षको सोही अवधिमा एप्पलले विश्व बजारमा ४ करोड ६९ लाख ओटा आईफोन पठाएको थियो ।

३ महिनाभित्रको अन्तिममा मात्रै एप्पलले ११ सिरिजको आईफोन ल्याएकाले उक्त संख्यामा यो सिरीजका आईफोनको गणना भने गरिएको छैन । अध्ययनका अनुसार ठुला ३ ब्राण्ड सामसुङ, हुवावे र एप्पलले मात्रै विश्व स्मार्टफोन बजारको आधा हिस्सा हाल पनि ओगटेका छन ।

ओप्पो र साओमी भने क्रमशः चौथो र पाचौं स्थानमा परेका छन । ओप्पोले यो बर्षको ३ महिनामा ३ करोड २३ लाख र साओमीले ३ करोड १७ लाख स्मार्टफोन विश्व बजारमा पठाएका छन । यस्तै भिभोले ३ करोड १३ लाख स्मार्टफोन निर्यात गर्दै छैठौं स्थानमा रहेको छ ।

रियलमीले पनि आफ्नो व्यापार बढाएको छ । कम्पनीले गत बर्ष कुल बजार हिस्साको १ प्रतिशत रहकोमा यो बर्ष ३ प्रतिशत पुर्याएको छ । कम्पनीले यो बर्षको ३ महिनामा १ करोड २ लाख स्मार्टफोन विश्व बजारमा पठाएको छ जुन गत बर्षको सोही अवधिको तुलनामा ७ गुणाले बढी हो ।

प्रतिक्रिया दिनुहोस्