Logo

४५ प्रतिशत नेपालीसँग मात्र बैंक खाता, ग्रामीण क्षेत्रका ३६ प्रतिशत जनतामा बैंकिङ सेवाको पहुँच

४५ प्रतिशत नेपालीसँग मात्र बैंक खाता, ग्रामीण क्षेत्रका ३६ प्रतिशत जनतामा बैंकिङ सेवाको पहुँच



काठमाडौं । नेपालमा बैकहरुको पहुँच पछिल्लो समय वृद्धि भए पनि ४५ प्रतिशत नेपालीसँग मात्र बैंक खाता रहेको देखिएको छ । विश्व बैंकका अनुसार सन् २०१७ मा १५ वर्षभन्दा बढी उमेरका ५० प्रतिशत पुरुष र ४२ प्रतिशत महिला गरी औसतमा ४५ प्रतिशत नेपालीसँग मात्र बैंक खाता छ । केही वर्षअघिसम्म रकम जम्मा गर्न मानिसहरु बैंक धाउँथे । आजकाल वित्तीय पहुँच सहज भएकाले बैँकर्सहरु आकर्षण नारा दिएर ग्राहकका घरदैलामा पुग्न थालेका छन् ।

उनीहरुले आफ्ना संस्थाले दिने बचतमा ब्याज, ऋणमा लाग्ने ब्याजदर, लगानीका क्षेत्र, जोखिमको अवस्थाका सम्बन्धमा घरदैलासम्म पुगी सेवाग्राहीलाई जानकारी गराउन थालेपछि बैंकप्रतिको विश्वास बढ्दै गएको छ । नागरिकलाई सर्वसुलभरुपमा गुणस्तरीय वित्तीय सेवा पु¥याउनु केन्द्रीय बैंकको महत्वपूर्ण काम मानिन्छ । ऋणी श्यामसुन्दर श्रेष्ठ भने बैकप्रति अलग्गै धारणा राख्छन् । उनले शुरु शुरुमा चित्तबुझ्दो गरी सेवाग्राहीलाई रिझाउने र पछि एक वर्ष नपुग्दै कर्जामा चर्का ब्याज वृद्धि र बचतमा कम ब्याज दिएर ग्राहकलाई झुलाइराखेको बताउँछन।

बैँकको ब्याजमा एकाधिकार रहेको व्यापारी कृष्णसुन्दर माकाजुको भनाइ छ । “कुन बैँकमा बचत गर्ने सेवाग्राही रनभुलमा परेका छन् ।” उनले भने । चर्को ब्याजदरको अलवा बैंकहरुले विभिन्न बहानामा सेवा तथा अन्य शुल्क थुपारेर ऋणीहरुको चित्त दुखाइरहेको गुनासो छ । बैँकहरुले व्यापक नाफाआर्जन गरेका छन् । उनीहरुले आफ्नो नाफा विभिन्न पत्रिकामा प्रकाशित गरेर ग्राहकमा आप्mनो विश्वास जमाउन खोजेको देखिन्छ भने अर्कातिर बैँंकका प्रमुख कार्यकारीेहरुले उल्लेख्य तलब भत्ता बुझिरहेका छन् ।

अर्थशास्त्रका जानकार भवानी खनालका अनुसार वित्तीय सेवामा नागरिकको पहुँच स्थापित हुनु महत्वपूर्ण हो । तर, नागरिकमा वित्तीय सेवाको उपयोग गर्ने चाहना र आवश्यकता दुबै हुनुपर्ने तथा वित्तीय पहुँच सुनिश्चित हुन वित्तीय सेवाको आपूर्ति र माग दुबै पक्ष सुदृढ हुन जरुरी छ भन्छन ।

नेपाल जीवनस्तर सर्वेक्षण २०६६÷६७ का अनुसार ४० प्रतिशत घरपरिवार ३० मिनेटभित्र वाणिज्य बैंकमा पुग्न सक्ने स्थिति रहेको छ । तर ग्रामीण र शहरी क्षेत्रमा वित्तीय पहुँचमा उच्च भिन्नता देखिएको छ । शहरी क्षेत्रमा ८९ प्रतिशत जनता ३० मिनेटभित्र नजिकको वाणिज्य बैंकको शाखामा पुग्न सक्छन् भने ग्रामीण क्षेत्रमा २७ प्रतिशत जनता मात्र यो समयमा नजिकको वाणिज्य बैंक शाखामा पुग्ने स्थिति रहेको छ ।

एक घण्टाभित्र वाणिज्य बैंक पुग्न सक्ने घरपरिवार तराई क्षेत्रमा ७५ प्रतिशत, पहाडमा ४५ प्रतिशत र हिमालमा १७ प्रतिशत रहेको छ । वाणिज्य बैंकमा पुग्न लाग्ने औसत समय शहरी क्षेत्रमा १६ मिनेट र ग्रामीण क्षेत्रमा १३५ मिनेट रहेको छ । सो सर्वेक्षणका अनुसार करीब २० प्रतिशत घरपरिवारले मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको देखिएको छ । नेपाल राष्ट्र बैँंकको सर्वेक्षण अनुसार सन् २०१४ मा कूल वयस्कमध्ये ४० प्रतिशतको बैंक सेवामा पहुँच रहेको देखिएको छ । सर्वेक्षण अनुसार शहरी क्षेत्रका ५६ प्रतिशत र ग्रामीण क्षेत्रका ३६ प्रतिशत वयस्कको बैंङ्किङ सेवामा पहुँच रहेको देखिएको छ ।

विश्व बैंकले अघिल्लो वर्ष गरेको सङ्घीय संरचनामा लघुवित्त सेवाको पहुँचसम्बन्धी अध्ययन अनुसार ८१ प्रतिशत घरपरिवार आधा घण्टा भन्दा कम समयमा कुनै न कुनै वित्तीय संस्थामा पुग्नसक्ने स्थिति देखाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्