Logo

ड्रागनलाई उत्कृष्ट रिजनल एयरलाइनको उपाधि, उत्कृष्ट सेवाको प्रतिबद्धता

ड्रागनलाई उत्कृष्ट रिजनल एयरलाइनको उपाधि, उत्कृष्ट सेवाको प्रतिबद्धता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

७ ड्रागन एयर विश्वकै उत्कृष्ट रिजनल एयरलाइनका रूपमा घोषित भएको छ । स्काइट्र्याक्सले यसै साता सार्वजनिक गरेको विश्वका उत्कृष्ट एयरलाइन कम्पनीको सूचीमा रिजनल एयरलाइन घोषित भएको हो ।

ड्रागनले लगातार चौथोपटक ‘वल्र्ड्स बेष्ट रिजनल एयरलाइन’को उपाधि प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ । स्काइट्र्याक्सले वर्षभर विश्वभरका यात्रुबाट प्राप्त सर्वे नतीजाका आधारमा उत्कृष्ट एयरलाइन कम्पनीको नाम घोषणा गरेको थियो । ड्रागनले ‘बेष्ट रिजनल एयरलाइन इन एशिया’को उपाधिसमेत प्राप्त गरेको छ ।

स्काईट्राक्सले विश्वका १ सय ६० देशका २ सय ७५ एयरलाइन कम्पनीलाई सर्वेमा समावेश गरी त्यसबाट उत्कृष्ट कम्पनीको घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL