Logo

आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी, वित्तीय क्षेत्रमा २७ बर्षे अनुभव

आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी, वित्तीय क्षेत्रमा २७ बर्षे अनुभव



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी नियुक्त भएका छन ।

रेग्मीलाई आइएमई जनरल इन्स्योरेन्स संचालक समितिले यही मंसिर १० गते देखि लागु हुने गरी नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नियुक्ती गरेको हो ।

विगत २७ बर्षदेखि निर्जीवन बीमा तथा बित्त क्षेत्रमा कार्यरत रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केटमा रहेर २ बर्ष, युनाईटेड इन्स्योरेनस कम्पनीमा ७ बर्ष, सगरमाथा इन्स्योरेन्समा ८ बर्ष काम गरिसकेका छन ।

साथै उनले सिद्धार्थ डेभलपमेण्ट बैंकमा ६ बर्ष र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडमा ४ बर्ष काम गरिसकेका छन । बीमा तथा वित्त क्षेत्रलाई नजिकबाट नियालेका रेग्मीले सो क्षेत्रको शुच्छम अध्ययन गरी सहायक स्तरबाट आफनो सेवा सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL