Logo

युएन ईन्टरनेट गभर्नेन्स फोरमको सदस्यमा खनाल पुनः नियुक्त

युएन ईन्टरनेट गभर्नेन्स फोरमको सदस्यमा खनाल पुनः नियुक्त



काठमाडौं । संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम (आईजीएफ) को मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यमा आनन्दराज खनाललाई पुन नियुक्त गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाललाई संयुक्त राष्ट्र संघका महासचिवले सन् २०२० को लागि सदस्यमा नियुक्त गरिएको हो ।

यसअघि खनालले विश्व दूरसञ्चार संघको स्टडी ग्रुपको उपाध्यक्षमा दुई कार्यकाल सम्हाली सकेका छन । उनलाई सन् २०१४ मा दुबईमा सम्पन्न महासभाले २०१४ देखि २०१७ सम्मका लागि सोही पदमा निर्वाचित गरेको थियो ।

संघका एशिया प्रशान्त क्षेत्रका ३८ मुलुकका विज्ञहरु मध्येबाट नेपाल र कोरियाले मात्रै प्रतिनिनिधित्व गर्ने अवसर पाएका छन । आईजीएफ संयुक्त राष्ट्र संघको सूचना प्रविधि सम्बन्धी हेर्ने निकाय हो । जसले इन्टरेनट गभर्नेन्स फोरमले इन्टरनेट प्रयोगका विषयमा नीतिगत बहस चलाउँदै आएको छ ।

साथै आइजिएफले इन्टरनेट प्राविधिक, व्यवसायीक, सामाजिक प्रशासनिक विकासको सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी इन्टरनेट विकास र प्रवर्द्धनका तथा साइवर सेक्युरिटीलगायतमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्