Logo

अवैध चेकमार्फत रकम निकाल्ने ४ जना पक्राउ, २ जना फरार

अवैध चेकमार्फत रकम निकाल्ने ४ जना पक्राउ, २ जना फरार



काठमाडौं । महानगरी परिसर प्रहरी काठमाडौं र जनसेवा प्रहरी काठमाडौंले अबैध चेक सटहीमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले अवैध रुपमा २० लाख रुपैयाँ नगद निकाल्ने क्रममा ४ जनालाई पक्राउ गरेको हो । चोरीमा संलग्न कुमार तामाङको साथबाट नगद साढे ११ लाख रुपैयाँ नगद बरामद गरेका छन भने अन्य बाँकी रकमको खोजीकार्य भईरहेको छ ।

अभियुक्तहरुले बानेश्वर जनता बैंकबाट आईतबार ९ लाख ९९ हजार रुपैयाँ निकालेको प्रहरीले जानकारी दिएका छन । त्यस्तै सोही मितिमा रञ्जना गल्ली न्युरोड शाखामार्फत ५ लाख रुपैयाँ निकालेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

अभियुक्तहरुले गोपाल नाम गरेको चेकमार्फत दस्ताखत मिलाएर उक्त रकम निकालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोमबार न्युरोड जनता बैंकबाट २ लाख रुपैयाँको चेक सटहि गर्न आउने क्रममा सोही बैंकको कर्मचारीमार्फत काभ्रे पाँचखल बस्ने मनिश घिमिरे र सुवास श्रेष्ठलाई पक्राउ पछि कुमार तामाङको साथबाट उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मुख्य योजनाकार भने पाँचखाल तामाघाट बस्ने अञ्जन बराल रहेको खुलेको छ । प्रहरीका अनुसार उक्त चेक मार्फत २० लाख नगद सटहि भएकोमा साढे ११ लाख रुपैयाँ नगद भेटिएको र बाँकी रकम भने खोजी कार्य भईरहेको प्रहरी श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्