Logo

एनबी इन्स्योरेन्सको प्रतिबन्ध फुकुवा, कारोवार शुरु

एनबी इन्स्योरेन्सको प्रतिबन्ध फुकुवा, कारोवार शुरु


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

५ असार,काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले शुक्रवारदेखी कारोबार शुरु गरेको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले नयाँ बीमा पोलिसी बिक्रीलगायत सबै कारोबार सुचारु गर्ने निर्णय गरेको हो ।

बीमा समितिले गत बुधबार कम्पनीको कारोवार फुकुवा गरेको निर्णयसहित पत्र पठाएको थियो । समितिले कम्पनीलाई निर्जीवन सम्वन्धि सबै कारोबार गर्ने अनुमति दिएको छ ।

कम्पनीको सञ्चालक समितिले आगामी दिनमा पनि बीमा समिति र सम्वन्धित निकायबाट सहयोग पाउने अपेक्षा गरेको छ ।

कम्पनीले करोवार संचालन गर्नको लागि आवश्यक कार्यालय, कर्मचारी तथा अन्य आवश्यक व्यवस्था गरिसकेको कम्पनीका कार्यकारी प्रमुख युगेशभक्त बादे श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL