Logo

एनआरएनए अध्यक्ष पन्त र मन्त्री ज्ञवालीबीच भेट, १० अर्ब लगानी भित्र्याउने अभियानमा सहजीकरण गरिदिन आग्रह

एनआरएनए अध्यक्ष पन्त र मन्त्री ज्ञवालीबीच भेट, १० अर्ब लगानी भित्र्याउने अभियानमा सहजीकरण गरिदिन आग्रह



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेको छ । भेटका क्रममा संघका अध्यक्ष कुमार पन्तले संघका पछिल्ला गतिविधीबारे जानकारी गराएका थिए ।

विशेषगरी अध्यक्ष पन्तले नेपालको पूर्वाधार विकासका लागि गैरआवासीय नेपालीको रु १० अर्बको लगानी भित्र्याउने अभियानमा थप सहजीकरणका लागि परराष्ट्र मन्त्री ज्ञवालीमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । सो अवसरमा वैदेशिक रोजगार श्रमिक कल्याणकारी कोषमा नेपाल राष्ट्र बैंकका तर्फबाट पनि योगदान गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको जानकारी गराउँदै त्यसका लागि समेत पहल गरिदिन अनुरोध गर्नुरेका थिए ।

यस्तै संसदमा विचराधिन गैरआवासीय नागरिकता सम्बन्धी विषयमा पनि अध्यक्ष पन्तले ध्यानाकर्षण गराए)का थिए । भेटका क्रममा गत् अक्टोवरमा सम्पन्न भएको विश्व सम्मेलन तथा अन्तर्रा्ष्ट्रिय महाधिवेशनबारे जानकारी गराउँदै अध्यक्ष पन्तले अब छिट्टै दोश्रो एनआरएन विश्व ज्ञान सीप सम्मेलन आयोजना गर्ने जानकारी गराएका थिए ।


अध्यक्ष पन्तले आफ्ना कुरा राखिसकेपछि जवाफमा माननीय मन्त्री ज्ञवालीले संघले गर्दै आएका गतिविधीप्रति सरकार सकारात्मक रहेको बताउँदैं संघले उठाएका विषयहरुमा नेपाल सरकार सकारात्मक भएको र यी विषयहरुलाई संबोधन गर्न सम्बन्धित निकायहरुमा पहल गर्ने आश्वासन दिए । दोश्रो विश्व विज्ञ सम्मेलनबारे विशेष चासो व्यक्त गर्दै उनले पहिलो विश्व विज्ञ सम्मेलन मौलिक र स्तरीय भएकोमा प्रसन्नता व्यक्त गरेका थिए ।

त्यसबाट आफू निकै प्रभावित पनि भएको उनको भनाई थियो । मन्त्री ज्ञवालीले दोस्रो सम्मेलनका लागि सहकार्य गर्न सरकार तयार रहेको बताउँदै त्यसको तयारीमा जुट्न आग्रह समेत गरे । एनआरएनएको निर्वाचन अनलाइन प्रणालीमा लैजाने सम्बन्धमा सकारात्मक हुँदै उनले विगतका जस्ता समस्या कम हुने विश्वास व्यक्त गर्नुरे ।


परराष्ट्र सचिव शंकरदास बैरागीसँग भेटघाट
यसैबीच संघका अध्यक्ष पन्तले परराष्ट्र सचिव शंकरदास बैरागीसँग पनि भेटघाट गरेका छन् । भेटका क्रममा अध्यक्ष पन्तले वर्तमान समसामायिक सरोकारका विषयहरु बारे जानकारी गराएका थिए । सचिव वैरागीले समेत संघले गरेका गतिविधी सरकारले निकै सकारात्मक रुपमा लिएको र आगामी दिनमा सहकार्य गर्दै अघि बढ्नेमा विश्वस्त गराए ।


दुवै भेटघाट कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष अर्जुन श्रेष्ठ, प्रवक्ता डिबि क्षेत्री, सल्लाहकार रामेश्वर शाह, मध्य पूर्वका क्षेत्रीय युवा संयोजक राजु रेग्मीलगायत सचिवलायका सिइओ हेमन्त दवाडी लगायत प्रतिनिधीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्