Logo

अर्थमन्त्री खतिवडाले भने, ‘सरकारले कर खाने मुसा मार्न बिरालो पाल्न सुरु गरेको छ’

अर्थमन्त्री खतिवडाले भने, ‘सरकारले कर खाने मुसा मार्न बिरालो पाल्न सुरु गरेको छ’



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले करदाताले तिरेको करको सरकारले राम्रै सुरक्षा गरेको बताएका छन । शनिबार नेपाल उद्योग वाणिज्य महासंघ र आन्तरिक राजस्व विभागले आयोजना गरेको कर दिवस समापन कार्यक्रममा बोल्दै उनले करदाताले तिरेको कर हिनामिना हुन नदिने बताएका हुन ।

सप्ताहव्यापी कर दिवसको समापन कार्यक्रममा बोल्दै उनले सांकेतिक रुपमा करदाताले तिरेको करको सुरक्षाका लागि भन्दै विभिन्न निकायहरु खडा गरिएको बताएका छन । उक्त कार्यक्रममा सिस्नुपानी हास्यव्यंग्य मार्फत करदाताले तिरेको कर मुसाले कुटुकुटु खाने गरेको भनाईमा उनले मुसा मार्न विरालो पनि पालेका बताएका हुन ।

‘तपाईँहरुले तिरेको करको पुर्ण सुरक्षा दिनका लागि सरकारले मुसा मार्न विराला खेति समेत गरेको छ’, उनले भने, ‘तपाईँ ढुक्क भएर कर तिर्नुहोस सुरक्षा दिने काम हामीले पालेका विरालाले गर्नेछन ।’

कार्यक्रममा बोल्दै उनले हाल कर प्रशासनमा सहजता ल्याउन निजी क्षेत्र र सरकार हातेमालो गरेर अघि बढेको समेत जानकारी दिएका छन । उनले व्यवसायीलाई दुःख दिनेगरी कर तिर्न नलाएको र आम्दानी अनुसार नै करको शुल्क र करको दायरा फराकिलो बनाईएको समेत बताएका छन ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र सरकारलाई सहजीकरणको वातावरण सिर्जना गर्नका लागि कर तिर्न सकारात्मक भएको बताएका छन । साथै उद्योगी व्यवसायीबाट निचोरेर कर नलिन समेत उनले सरकारलाई आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्