Logo

मन्त्रिमण्डल पुर्नगठनलाई नेप्सेको लालझण्डा, ठूला लगानीकर्ता भन्छन्– अब हजारमै आउँछ

मन्त्रिमण्डल पुर्नगठनलाई नेप्सेको लालझण्डा, ठूला लगानीकर्ता भन्छन्– अब हजारमै आउँछ



काठमाडौं । मन्त्रिमण्डल पुर्नगठन भएको भोलीपल्ट नेप्से परिसुचकमा ७ दशमलव ७४ अंकको गिरावट आएको छ । नवनियुक्त मन्त्रीहरुलाई नेप्सेले बजार बन्द हुने अन्तिम समयसम्म दोहोरो अंकको लालझण्डा देखाएर स्वागत गरेकोमा बन्दा हुँदा घटेर ७ दशमलव ७४ अंकमा झरेको हो ।

अघिल्ला दिनहरुमा सामान्य गिरावट आएको नेप्से परिसुचक बिहीबार करिव दोहोरो अंकले घट्दा पुग्दा कारोबार रकममा पनि सुधार आउँन सकेन । बजारप्रति लगानीकर्ताको नकारात्मक सेन्टीमेन्टका कारण बजार बढ्न नसेको एक लगानीकर्ताले जानकारी दिए ।

‘अर्थमन्त्री डा. युवराज खतिवडाले पदभार ग्रहण गरेसँगै सेयर बजारको बारेमा नकारात्म सन्देश दिनुभयो,’ एक ठूला लगानीकर्ताले भने, ‘पछिल्लो समय उनले सेयर बजारको विषयमा आफ्नो सोच सुधार गर्न धेरै प्रयास गरेपछि त्यसले लगानीकर्ताको सेन्टीमेन्ट क्याच गर्न सकेन ।’ तसर्थ अहिले पनि सामाजिक संचालहरुमा सेयर लगानीकर्ताहरुले अर्थमन्त्रीको विरोध गरिरहेको उनको दावी थियो ।

साताको अन्तिम दिन ओरालो लागेको बजारमा प्रायःजसो समुहको परिसुचक घट्न पुगेका छन् । जसमा सबैभन्दा बढि उत्पादनमुलक समुहको परिसुचक ३२ अंकले घटेको छ भने दोस्रोमा जिर्नीवन बीमा समुहको परिसुचकमा २५ अंकको गिरावट आएको छ ।

यसैगरी बजारमा जीवन बीमा समुहको परिसुचक २० अंकले घट्दा बजारमा सबैभन्दा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा ९ अंकको गिरावट आएको छ ।

बजारमा व्यापार, अतिरिक्त र म्युचुअल फण्ड समुहका परिसुचक भने बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL