Logo

जस्ता खरिदको द्विविधा हटाउन वाणिज्य समितिको निर्देशन, अनुगमन प्रभावकारी बनाइने

जस्ता खरिदको द्विविधा हटाउन वाणिज्य समितिको निर्देशन, अनुगमन प्रभावकारी बनाइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ असार, काठमाडौं । व्यवस्थापिका–संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले साल्ट ट्रेडिङ र नेशनल ट्रेडिङवाट जस्तापाता खरिद गर्ने कार्यमा भएको द्विविधा हटाउन निर्देशन दिएको छ । समितिले बाणिज्य मन्त्रालयलाई द्विविधा हटाई तत्काल आपूर्ति सहज गराउन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

यस्तै, समितिले पेट्रोलियम पदार्थ सम्वन्धी संसदीय समितिको प्रतिवेदनका विषयहरु लागु गर्न, उपभोक्ता हित सम्वन्धी ऐन नियममा देखिएका कमी कमजोरीलाई यथासीघ्र संशोधन गर्न निर्देशन दिएको छ । यसैगरी वाणिज्य विभागलाई आवश्यक पर्ने जनशक्ति व्यवस्था गरी वजेट उपलब्ध गराई प्रभावकारी अनुगमन गर्ने संयन्त्रको रुपमा विकास गर्न समेत निर्देशन दिएको छ ।

भुकम्पका कारण क्षति भएका सीमा नाकाहरु खोली आपूर्ति सहज गराउने तर्फ पहलगर्न खाद्य संस्थानको सञ्चालक समितिको वैठक तत्काल वोलाउन, अनुदान रकम जम्मा गर्ने विषयमा देखिएको कमी कमजोरी छानवीन कार्य प्रभावकारी रुपले गराउन समेत समितिले निर्देश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL